८ चैत्र, काठमाडौं ।

सरकार शान्ति प्रक्रिया भाँडने षडयन्त्रमा लागेको भन्दै ६ कम्युनिष्ट पार्टी एक भएर अगाडि बढने भएका छन् । जनयुद्धकालिन मुद्दा ब्यताएर सरकारले एकलौटी रुपमा शान्ति सम्झौता उल्लघन गर्न लागेको निकर्ष निकाल्दै एमाओवादी, नेकपा–माओवादी, मार्तका यादव नेतृत्वको नेकपा माओवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युष्टि पार्टी, परि थापा नेतृत्वको नेकपा एकीकृत एक भएर अगाडि बढ्ने निर्णय गरेका हुन् ।

5 maoist ekata

आइतवार नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा बसेको ६ माओवादी नेताहरुको बैठकले चैत्र १४ गते अन्र्तक्रिया र २३ गते संयुक्त रुपमा विरोध सभा गर्ने निर्णय गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले बताए । उनले भने, कार्यगत एकता समिति र पार्टी एकीकरणको विषयमा अगामी बैठकमा छलफल गर्ने नेताहरु सहमत भएको बताए ।

5 maoists meeting 1

सर्वोच्च अदालनको फैसला र तत्कालिन सरकारले सहिद तथा वेपत्ता परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र पाँच लाख रुपैयाँ तामाकोशी हाइड्रो पावरको लागि दिने सहमति गरेपनि सरकारले नदिने तयारी गरेको बताउंदै उनले जनयुद्धकालको घटना उल्टयाउन सरकारले ठाउँठाउँमा माओवादीका कार्यकर्ता पक्राउ गरेको बताए ।

उनले भने,‘सरकार शान्ति प्रक्रिया भाँडन लागि रहेको छ, शान्ति प्रक्रिया भाँडन नदिन हामी एक ठाउँमा उभिएका छौ ।

जनयुद्धका बेला एउटै पार्टीमा रहेर अहिले पाँच समूहमा विभाजित माओवादीका शिर्ष नेताको बैठकले सर्वोच्चको फैसला कुनै हालतमा कार्यान्वयन हुन नदिने र पहिलो चरणमा चैत १४ गते वृहत अन्र्तक्रिया गर्ने तथा चैत २३ गते सबै जिल्लाका सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको विशेष इजलासले गत फागुन १४ गते अदालतमा विचाराधीन द्वन्द्वकालीन घटना सत्यनिरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र नपर्ने र आयोगले पीडितको अनुमति विना कसैलाई पनि क्षमा दिन नसक्ने फैसला सुनाएको थियो ।

माओवादी पार्टीहरुको बैठकले सहिद तथा वेपत्ता परिवारले राज्यबाट पाउनुपर्ने राहत नपाएको तथा सेना र प्रहरीबाट भागेर तत्कालिन जनसेनामा भर्ना भएकाहरुलाई भगौडाको अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको भन्दै त्यसविरुद्ध पनि सामूहिक रुपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।