८ कात्तिक, काठमाडौं । सुनको मूल्य बढेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार ६ सय रुपैयाँले बढेको हो ।

बिहीबार ७० हजार ४ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार ७१ हजार रुपैयाँ प्रतितोला कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्यसँगै तेजावी सुनको मूल्य बिहीबारको तुलनामा ६ सय रुपैयाँले बढेर ७० हजार ७ सय रुपैयाँ पुगेको छ । त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १० रुपैयाँले बढ्दा ८ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।