१३ चैत, एजेन्सी । दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोना संक्रमणमुक्त भएकी छिन् । पोहाङ मेडिकल सेन्टरमा दुई हप्ताको उपचारपछि उनी निको भएर घर फर्किएकी अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

उनलाई अस्पतालबाट डिस्चार्ज गरेर पुनः संक्रमण नहोस् भन्नका लागि घरमै सेल्फ आइसोलेसनमा राखिएको द कोरिय टाइम्सले उल्लेख गरेको छ । उनको परिचय खुलाइएको छैन ।

यहि अस्पतालमा यसअघि १ सय ४ वर्षीया महिला पनि उपचारपछि निको भएर फर्किएकी थिइन् । यसअघि चीनले १ सय वर्षीय पुरुष कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको बताएको थियो ।