२७ भदौ, एजेन्सी । १ सय करोडको फिल्म दिइरहेका बलिउड नायक अक्षय कुमारको खातामा पहिलोपटक २ सय करोड कमाउने फिल्मको रेकर्ड जोडिएको छ । ‘मिशन मंगल’ले चौथो हप्तामा बक्स अफिसमा २ सय करोडको आँकडा छोएको छ । इसरोको मार्स अर्बिटर मिशनमा आधारित छ । फिल्मले १ सय करोडको कमाई शुरुवाती ५ दिनमै गरेको थियो ।

अक्षय कुमारको यो रेकर्डसँगै फिल्मले पनि अर्को रेकर्ड बनाएको छ । फिल्मले स्वतन्त्रता दिवसमा रिलिज भएको सबैभन्दा बढी कमाएको रेकर्ड कायम गरेको हो । यो रेकर्ड यसअघि सलमान खानको फिल्म ‘एक था टाइगर’सँग थियो । फिल्म २०१९ मा २ सय करोड कमाउने फिल्ममा पनि मिसन मंगल चौथो फिल्म हो । यसअघि कबीर सिंह, भारत, उरीः द सर्जिकल स्ट्राइकले यसअघि २ सय करोडको कमाई गरेको थियो ।