६ असोज, चितवन । स्वास्थ्य मन्त्री गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीका विषयमा संसदमा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताएका छन् ।

Gagan Thapa at chitwan

नेपाल प्रेस युनियन चितवनले बिहान गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री र राष्ट्रपतिको आचरणका बारेमा संसद छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार प्रमुख र आयुक्तको विषयमा छलफल हुनु हुँदैन भन्ने मानसिकता गलत भएको बताए ।

Gagan Thapa at chitwan

‘संवैधाानिक निकायको वारेमा सार्वजनिक रुपमा उठेको कुरा संसदमा छलफल गर्नै पाईदैन भन्ने होईन’ उनल अगाडि थपे ‘राष्ट्रिपति ,प्रधानमन्त्रिको आचरणको विषयमा छलफल हुन्छ भने अख्तियार प्रमुखको विषयमा यति धेरै प्रमाण सहित कुरा आएको छ भने किन छलफल नहुने ?’ महाअभियोग लगाउने वा नलगाउने भन्ने विषय छलफल पछिको विभाजनले देखाउने भन्दै मन्त्री थापाले आफूले सार्वजनिक महत्वको विषय संसदमा दर्ता गराएको बताए ।

पाकिस्तानसँग रहेका ७ हतियारः जुन देखेर भारत तर्सिन्छ (फिचर)

स्वास्थ्य क्षेत्र लथालिङ्ग भएको भन्दै तीन महिनामा प्रारम्भिक नतिजा देखाउने गरि काम सुरु गरेको उनको भनाइ थियो । ‘मेरो कार्यकालमा अनियमितता रोक्नु मेरो पहिलो प्राथमिकता हो’ उनले भने ‘राजनैतिक रंगको आधारमा कसैलाई छुट हुँदैन, तीन महिना भित्र नतिजा देख्नुहुन्छ’ । नेपालको नयाँ संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा राखेपनि लथालिङ्ग भएको भन्दै आफ्नो कार्यकालमा परिवर्तन गर्ने समेत बताए ।