१३ माघ, काठमाडौं । सत्तारुढ नेकपाका नेता अग्निप्रसाद सापकोटाले सभामुख पदको शपथ लिई पदभार ग्रहण गरेपछि पार्टी छाडेका छन् ।

सभामुखको भूमिकालाई स्वतन्त्र तथा निश्पक्ष रुपमा निर्वाह गर्नका लागि सापकोटाले दलको सम्पूर्ण जिम्मेबारीबाट अलग भएको घोषणा गरेका हुन् । सापकोटाले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरा समेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु ।’