२५ कात्तिक, काठमाडौं । अघोरी बाबाको नामले परिचित बिजय केसीलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गरेको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त बौद्ध प्रहरीले नियन्त्रणमा लिएको हो ।

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए । बाबासँगै उनकी पत्नीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी हालै मात्रै विवाह बन्धनमा बाँधिएका थिए ।

युटुबमार्फत् भाइरल भएका बाबा सुन्दरीजल आसपासमा बसोबास गर्दै आएका थिए ।