२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मेघ गर्जनसहित पानी परिरहेको छ ।

मेघ गर्जनसहित वर्षा गराउने बादल सक्रिय भई हल्कादेखि मध्यमखालको पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पानी पार्ने विकसित प्रणाली विस्तारै पश्चिमतर्फ सर्ने क्रममा रहेको विभागको भनाई छ ।

मनसुन अन्त्यको अवस्थामा पुगेपनि अहिलेपनि ठाउँठाउँमा वर्षा भइनै रहेको छ । नेपालमा सामान्यता जुन १० मा मनसुन सुरु भएर सेप्टेम्बर २३ मा मनसुन सकिने गर्छ ।