११ मंसिर, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले सिलिण्डर बम पड्काएको छ ।

गएराति ८: १५ बजेको समयमा सूर्यपुरस्थित खेतको कल्भर्टमा अज्ञात समूहले ग्यास सिलिण्डर पड्काएको चितवनका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ ।