२९ मंसिर, धनकुटा । धनकुटाको छथर जोरपाटि गाउँपालिका २ मा आज दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

हिलेबाट सिधुवातर्फ जाँदै गरेको को २ ह ६६११ नम्बरको अटोरिक्सा विपरित दिशाबाट आइरहेको को १ ख ६९१२ नम्बरको गाडीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटोका चालक धनकुटा नगरपालिका २ का २५ वर्षीय दशरथ पाख्रिन र त्यसमा सवार यात्रु तेह्रथुम छथर १ सुक्रबारेका ४५ वर्षिय साङ्गे शेर्पाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा छथरजोरपाटीका रविन घिमिरे र तेह्रथुमको लालिगुराँस नगरपालिकाका प्रदिप बस्नेत घाइते भएका छन। उनीहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार गरिएको छ।