३१ भदौ, काठमाडौं । अभिनेता भुवन केसीले आज आफ्नो जन्मदिन मनाउँदैछन् । लामो समयदेखि नेपाली चलचित्रको अभिनय र निर्माणमा बिताएका भुवन केसीले आफ्नो ६२ औं जन्मदिन मनाउँदैछन् ।

सदाबहार नायककको उपमा पाएका भुवनलाई सामाजिक सञ्जालमार्फत धेरैले जन्मदिनको शुभकामना दिएका छन् । त्यसैमध्येका एक हुन् उनका छोरा अनमोल केसी । अनमोलले फेसबुकमार्फत जन्मदिनको शुभकामना दिँदै एक तस्बिर पनि पोस्ट गरेका छन् ।

तस्बिरमा अनमोल बालक हुँदाको हो र यो तस्बिर जापानको टोकियोमा खिचिएको हो । उनले तस्बिर राख्दै आफूलाई सधैँ बाटो देखाएकोमा आभार पनि व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘मलाई सहि बाटो देखाएकोमा म तपाईंप्रति एकदमै आभारी छु भन्नको लागि मेरो लागि यो नै सहि समय हो । जन्मदिनको शुभकामना बुवा ।’

Today is the right time for me to say, how grateful I am to you for always showing me the way. Happy birthday dad ❤️

Posted by Anmol Kc on Tuesday, September 17, 2019