२७ साउन, काठमाडौं । युवास्टार अनमोल केसीको नयाँ फिल्म आउने भएको छ । २०२० सम्म प्रदर्शन मिति तोक्दै अनमोल केसी अभिनित नयाँ फिल्म आउने पक्का भएको हो ।

सोमबार आफ्नो फेसबुकका ‘एन्टी–हिरो’ नामक फिल्मको नाम सार्वजनिक गर्दै उनले आफ्ना सबै फ्यान र शुभचिन्तकहरुलाई यसको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो सबै आफन्त र शुभचिन्तकहरुको लागि मेरो आठौं फिल्म ‘एन्टि–हिरो’ २०२०सम्म प्रदर्शन हुँदैछ ।’ उनले चलचित्रको नामबाहेक अन्य कुराको जानकारी गराएका छैनन् ।

‘होस्टेल’बाट आफ्नो करिअरको शुरुवात गरेका अनमोलले त्यसपछि एकपछि अर्को हिट लगातार हिट फिल्म दिए । ‘होस्टेल’पछि अनमोलको मुख्य भूमिका रहेको फिल्महरु जेरी, ड्रिम्स, गाजलु, कृ, क्याप्टेन र ए मेरो हजुर ३ ले एकदमै राम्रो व्यापार गरेको थियो ।