२३ भदौ, काठमाडौं । नायक अनुपविक्रम शाही र नायिका आचल शर्मा एउटै भिडियोमा देखिएका छन् । उनीहरु गायिका सहिमा श्रेष्ठको गीतको भिडियोमा सँगसँगै देखिएका हुन् । ‘तिम्रो शहर’ बोलको गीतमा अमल बन्तुको शब्दरचना छ भने दीपक शर्माको संगीत र रिकेश गुरुङको संगीत संयोजन छ ।

बसन्त निरौलाको निर्देशनमा बनेको गीतको भिडियोलाई दिव्य सुवेदीले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई सकारात्मक प्रतिक्रियाहरु मिलिरहेको छ । देशका विभिन्न स्थानमा छायांकन गरिएको म्युजिक भिडियोमा अनुप र आँचलको प्रेम र रोमान्स देख्न सकिन्छ ।