kamal thapa१५ फागुन, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ महिनामा निर्वाचन हुन नसकेको खण्डमा अन्तरिम संविधानको विकल्प खोज्ने राप्रपा नेपालको सोचाइ रहेको बताएका छन् ।
भद्रपुर विमानस्थलमा हिजो पत्रकारहरूसँगको भेटमा उनले अन्तरिम संविधानको विकल्पको रुपमा २०४७ सालको संविधान पुनःस्थापना वा गोलमेच सम्मेलन पनि हुन सक्ने र यसका लागि जनता अग्रसर हुनुपर्ने विचार व्यक्त गरे ।
उनले संविधानसभाबाट संविधान बन्न नसकेको र संविधानसभा विघटन भएको नौ महिना बितिसक्दा पनि संविधानसभाको निर्वाचन हुन नसकेकाले अन्तरिम संविधान भेन्टिलेटरमा राखिएको बिरामी जस्तै भएको भनी व्यङ्ग्य गरे । रासस