११ पुस, एजेन्सी

बलिउड अभिनेत्री तथा अभिनेता अक्षय कुमारकी पत्नी ट्विंकलन खन्ना हिजोआज आफ्नो अभिनयभन्दा लेखका कारण निकै चर्चामा छिन् । यस्तै क्रममा हालै उनले एक लेखमा अभिनेता सलमान खानको मजाक उडाएकी थिइन् ।twinke-khanna-and-salman-khan-14035913

‘टाम्स अफ इन्डिया’मा प्रकाशित लेखमा ट्विंकलले सलमानका बारेमा लेखेपछि उनका फ्यानहरु एकाएक रिसाउन थाले । ट्विंकलले ‘बर्षका दश हाँस्यास्पद विज्ञापन’ शिर्षकको लेखमा सलमानको मजाक उडाउँदै ‘एक नाता(कन्या) चाहियो, भारतका सबैभन्दा ‘ओल्डेस्ट ब्याचलोर’(सलमान) अर्थात् सबैभन्दा बढी उमेरका अविवाहित पुरुषका लागि ’ लेखिन् । यतिमात्र होइन, सलमानका लागि कन्या कस्तो हुनुपर्छ भन्ने कुरा पनि उल्लेख गरेकी छिन् ।

यस लेखलाई सलमानका फ्यानले पचाउन सकेकनन् । फ्यानहरुले हेर्दाहेर्दै ट्विंकलविरुद्ध ट्विटरमा ‘ट्रोल’ नै चलाएका छन् । त्यसो त, ट्विंकलले एक हास्य–व्यंग्यको दाबी गर्दै ‘सुल्तान भाइजान’लाई व्यंग्य गरिन् लेखमा, तर सलमानका शुभचिन्तकहरुलाई सही नसक्ने रिस उठ्यो । र ट्विटरमा ट्विंकलप्रति नराम्रा गाली र गलौज बर्साए ।

ट्विकंलले ती सलमानका फ्यानहरुका नराम्रा प्रतिक्रियाको वेवास्ता गर्न ‘क्रिसमस’को शुभकामना दिँदै सलमान र आफ्नो पुरानो तस्विर ट्विट गरेकी छिन् ।