४ कात्तिक, एजेन्सी । अबको चार दिन भारी वर्षा हुने भन्दै भारतको केरलाका बासिन्दालाई सतर्क रहन अपिल गरिएको छ ।

वर्षाकै कारण तिरुअनन्तपुरम र एर्नाकुलममा स्कूल विदा दिइएको छ । धेरै ठाउँमा वर्षाका कारण रेल सेवा पनि प्रभावित भएको छ । मौसम विभागले आगाामी ४ दिनसम्म भारी वर्षा हुने भन्दै १२ जिल्लामा अलर्ट जारी गरेको भारतीय संचारमाध्यामले जनाएका छन् ।

यसै वर्ष मनुशन सक्रिय रहँदा केरलामा बाढी पहिरोमा १ सय भन्दा धेरै मानिसको मृत्यु भएको थियो भने झण्डै २ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । यसपटक विभागले माछा मार्ने माझीहरुलाई पनि समुन्द्रमा नजान भनेको छ ।