२५ कात्तिक, काठमाडौैैं । निजी क्षेत्रको टेलिकम सेवा एनसेलले आफ्नो सेवालाई गुणस्तरिय बनाउको लागि पोल टावरको अवधारणा ल्याउँदैछ । कम्पनीले छिट्टैनै धेरै मानिसहरुको भीडभाड हुने स्थानमा पोल टावर राख्न लागेको एनसेलले जनाएको छ ।

बिटिएस टावरले सबै कुनाकन्तरामा मोबाइल डाटाको स्पिड बढाउन सम्भव नभएपछि कम्पनीले पोल टावरको विकल्प सोचेको हो । कम्पनीले शुरुवातमा काठमाडौं र पोखरा शहरमा पोल टावर राख्ने छ । जसको कारण थ्रीजी र फोर जी इन्टरनेट चलाउन सहज हुनेछ । मानिसहरुको भीडभाड हुने स्थानमा यस्ता टावरहरु राख्नाले त्यहाँका उपभोक्ताले सहज र गुणस्तरीय रुपमा सेवा पाउने कम्पनीको दाबी छ ।

अहिलेको लागि यसको काम काठमाडौंको ठमेल, पुल्चोक साथै पोखराको लेकसाइडमा राख्न लागिएको बताइएको छ । कम्पनीका अनुसार उसले नेपाल विद्युत प्राधिकरणको पोल भाडामा लिएर त्यहाँ आफ्नो पोल टावर सेटअप गर्नेछ । नेपाल टेलिकमले पछि छिट्टै नै यस्ता पोल टावरहरु राख्ने भएकोले उसले आफ्ना पोलहरु अर्को कम्पनीलाई भाडामा नदिने बुझ्न सकिन्छ । तर टेलिकमको पोल टावर कहिले आउँछ भन्नेबारेमा भने अहिलेनै कुनै जानकारी गराइएको छैन ।