चैत १२, काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन सुरु गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन ।

nepal-telecom building

हिजो मङ्गलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो । कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन प्राधिकरणले बढीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो । आज दिउँसोबाट बोनस दिन सुरु गरिसकेको टेलिकमले जनाएको छ ।