२ असोज, एजेन्सी । अब गुगल बिना इंटरनेट र सित्तैमा चलाउन मिल्ने भएको छ । यसरी चलाउने मिल्ने प्रविधि भारतमा शुरु गरिएको छ । राजधानी नयाँदिल्लीमा आयोजिक एक कार्यक्रममा गुगलले आफ्नो घोषणाको बारेमा जानकारी गराएको हो ।

गुगलले भारतको लागि भोडाफोन र आइडिया दुरसञ्चार कम्पनीसँग मिलेर हेल्पलाइन नम्बर सार्वजनिक गरेको छ । यो नम्बरमा फोन गरेपछि सर्वसाधारणले सित्तैमा सबै कुराको जानकारी पाउन सकिने गुगलले जनाएको छ ।

गुगलले आफ्नो गुगल एसिस्टेन्ट ३० भाषामा ८० भन्दा बढी देशमा प्रयोग हुन्छ । भारतमा दुईवर्ष अघि गुगल असिस्टेन्ट हिन्दी भाषामा प्रयोग गर्न मिल्छ । तर नेपाली भाषामा भने अहिलेसम्म गुगल असिस्टेन्ट बनेको छैन ।

गुगलले यी दुई दुरसञ्चार कम्पनीहरुसँग मिलेर फोन लाइन असिस्टेन्ट सेवा ल्याएको हो । त्यहाँ फोन गरेर गुगललाई झैँ सबैकुरा सोध्न सकिने गुगलले जनाएको छ । नयाँदिल्लीमा भएको कार्यक्रममा गुगल सर्चमा पनि केही परिवर्तन गर्ने बताएको छ भने गुगल लेन्समा नयाँ फिचर्स थप्ने तयारीमा छ ।