५ भदौ, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग अब कुनै पनि वार्ता नहुने बताएका छन् । उनले भने, ‘भारतसँग वार्ता गर्नु कुनै औचित्य छैन, मैले पहिला गरेको शन्ति र वार्ताको लागि पहल गरेको भएता पनि गम्भीरताका साथ नलिएकाले पनि अव वार्ता गर्नुको कुनै औचित्य छैन ।’

यो कुरा खानले न्यूयोर्क टाइम्ससँग दिएको अन्तर्वार्तामा भनेका छन् । खानले भने, ‘हामीले गर्न नसक्ने भनेको केही छैन ।’ यदि भारतले पाकिस्तानविरुद्ध सैनिक कारवाही गरेमा पाकिस्तानले पनि त्यसको जवाफ दिने इमरानले बताए । भारतले जम्मू–कश्मीरमा अनुच्छेद ३७० हटाइदिएपछि भारत र पाकिस्तानको सम्बन्धमा दरार उत्पन्न भएको छ ।