२१ पुस, काठमाडौं । नेपाली नागरिकहरुले अब व्यक्तिगत रोजगार भिसामा संयुक्त अरब इमिरेट्स (युएई) जान नपाउने भएका छन् । युएईको आबुधाबीमा रहेको नेपाली राजदुतावासले आज एक सूचना जारी गर्दै जनवरी १५ अर्थात माघ १ गतेदेखि यसरी जान नपाउने जनाएको छ ।

राजदूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘युएईमा नेपाली नागरिकको स्वामित्वमा रहेका कम्पनीहरुले नेपालबाट कामदार झिकाउनुपर्दा राजदूतावासबाट व्यक्तिगत रोजगार भिसा प्रमाणीकरण नगरिने र त्यस्ता कम्पनीहरुले प्रचलित कानूनबमोजिम नेपालको इजाजतप्राप्त संस्थाहरुबाट नेपाली कामदार झिकाउनुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।’

यसअघि त्यहाँ नेपालीहरुको सञ्चालन गर्दै आएका कम्पनीहरुमा व्यक्तिगत रोजगार भिसामार्फत नेपालीहरु जाने गरेका थिए । व्यक्तिगत रोजगार भिसामा गइसकेका कामदारहरुको सम्बन्धमा राजदूताबासले केही पनि भनेको छैन ।