२७ वैशाख, एजेन्सी।

अमेरिकाको लस एन्जलस शहरबाट सरकारी अधिकारीहरूले एक हजारभन्दा बढी हातेबन्दुक र राइफलहरू जफत गरेका छन् ।

“हामीले ठूलो मात्रामा हातहतियारहरू जफत गरेका छौँ,” एक सरकारी सुरक्षा अधिकारीले भने । ती हतियारहरू सर्वसाधारणका लागि खतरापूर्ण लागेकाले नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

हातहतियारहरू जफत गर्ने क्रममा एक जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको उनीहरूले जनाएका छन् । “मैले काम गर्न थालेको अहिले ३१ वर्ष भयो, अहिलेसम्म यति धेरै हातहतियार मैले देखेको थिइन,” एक प्रहरी अधिकारीले पत्रकारहरूसँग भने ।

केही समय अगाडि यस्तै हातहतियारहरूको प्रयोगले हिंसात्मक घटना भएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि खतरा लागेका हातहतियारहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।