२७ कात्तिक, एजेन्सी।

डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएको विरोधमा अमेरिकामा निस्केको र्यालीमा गोली चलेको खबर छ।anti-trump-protest-rally-gun-shot-353044417

पोर्टल्याण्डको ओरिगनमा ट्रम्प विरुद्ध सडकमा उत्रेका प्रदर्शनकारी मध्येका एक व्यक्तिलाई गोली लागेको हो।

प्रदर्शनकारीले प्रहरीमाथी बिभिन्न वस्तुले प्रहार गरे लगतै शहरको केन्द्रमा रहेको मोरिसन पुलमा गोली चलेको पोर्टल्याण्डको प्रहरीले बताएको छ।

घाइतेको भएको व्यक्तिको अवस्था चिन्ताजनक नभएको र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

करिब ५ फिट ८ इन्च अग्लो अन्दाजी १९-२० वर्षको कालो हुडी र निलो जिन्समा आएको एक व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

कारमा आएका केही व्यक्ति मध्ये एकले हावामा एक सट प्रहार गरेपछि नजिकै रहेको व्यक्तिको शरिरको तल्लो भागमा गोली प्रहार गरेको बताइएको छ।

डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि उनको विरोधमा प्रदर्शन जारी छ।

यो पढ्नुस्।
फर्स्ट लेडी बन्दा यस्ती थिइन् हिलारी
ट्रम्पले राष्ट्रपति पदको पारिश्रमिक नलिने!
आफ्नो फोटो डिलिट गरिदिन फोटोग्राफरलाई शाहरुख पत्नी गौरीको पाँच हजार अफर
अब चीनकी ‘खोर्सानीवाली’ भाइरल