एजेन्सी । अमेरिकाको न्यूयोर्कमा रहेको फेसबुकको मुख्यालय अगाडि केही मानिसले नग्न भएर प्रदर्शन गरेका छन् । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा नग्न तस्वीर अपलोड गर्न पाउनुपर्ने माग गर्दै उनीहरुले नग्न भएर प्रदर्शन गरेका सिएनएनले उल्लेख गरेको छ ।

विहानै नग्न रुपमा प्रदर्शनमा उत्रिएका पुरुष तथा महिला प्रदर्शनकारीले स्तनको तस्वीरले आफ्नो यौनाङ्ग छोपेका थिए । सेन्सरसीप विरुद्धको राष्ट्रिय गठबन्धनका सदस्यहरु प्रदर्शनमा सहभागी थिए । दुवै सामाजिक सञ्जाल कम्पनीले प्रदर्शनबारे आफ्नो आधिकारिक धारणा नदिएको सिएनएनले जनाएको छ । (हेर्नुस् तस्वीर )