४ पुस, एजेन्सी ।

चीनले अमेरिकालाई चीनमाथिको जासुसी बन्द गर्न चेतावनी दिएको छ । साउथ चाइना सीमा अमेरिकी ड्रोन नियन्त्रणमा लिएपछि चीनले यस्तो चेतावनी दिएको हो ।

‘एक चीन नीति’का पक्षमा विमानस्थलमै नारावाजी, चिनियाँ नेतालाई ब्यानर

चीनको सरकारकी अखबार ग्लोबल टाइम्सले अमेरिकाले चीनमाथिको जासुसी बन्द गर्न चेतावनी दिँदै सम्पादकीय नै लेखेको छ । अमेरिकाले साउथ चाइना सीमा अनावश्यक चासो देखाउन बन्द गर्नु पर्ने र जासुसी बन्द हुनु पर्ने उक्त अखबारको भनाइ छ ।

china-vs-trump

बेइजिङ स्थित एक नौसेना विज्ञलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले साउथ चाइना सीमा जासुसीका लागि अमेरिकाले परिचालन गरेको मानव रहित विमान ड्रोन चीनले कब्जा लिएको र यो ड्रोनबाट विभिन्न सूचना हासिल हुन सक्ने लेखेको छ ।

यो ड्रोन चीनले कब्जा गरेपछि अमेरिका नर्भस भएको भन्दै ग्लोबल टाइम्सले अमेरिका यस अघि जस्तो शान्त नदेखिएको र मिडियावाजी गर्न खोजेको समेत आरोप लगाएको छ ।

अवको रणनीतिः मार्शल लगाएर संसद सुचारु गर्ने मुडमा प्रचण्ड !

यस अघि चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले चीनको नियन्त्रणमा रहेको ड्रोन उचित तवरले फिर्ता गरिने बताएका थिए । तर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चीनले ड्रोन चोरेको आरोप लगाउँदै यो फिर्ता लिन नहुने बताइसकेका छन् ।

ग्लोबल टाइम्सले अमेरिकाको ड्रोन मुख्यतः सैनिक जासुसी गर्न परिचालन हुने किसिमको रहेको भनेको छ ।

ट्रम्पले आफ्नो ट्वीटरबाट चीनले कब्जा गरेको ड्रोन फिर्ता नलिने बताउँदै आक्रामक जवाफ दिएपछि चीनसँग उनको टक्कर बढ्ने देखिएको छ । ट्रम्पले ट्वीटरमा लेखेका छन्, “हामीले चीनसँग भन्नु पर्छ कि जुन ड्रोन उसले चोरेको छ त्यो हामीलाई चाहिएन उसैले राखोस्” ।

चिनियाँ सेनाले विहीबार दक्षिणी चिनियाँ सागरको आकाशमा उडेको ड्रोन जफत गरेको थियो । इतिहासमै पहिलो पटक चीनले अमेरिकी उपकरण कब्जामा लिएपछि २ देशबीच बढिरहको तनावमा अर्को विषय थपिएको छ ।