२४ पुस, एजेन्सी ।

अमेरिकाले चीनलाई उत्तर कोरियासँगको ब्यवहार बदल्न सुझाव दिएको छ । उत्तर कोरियाको निकट सहयोगी मानिने चीनलाई अमेरिकाले हाइड्रोजन बम बनाएको दावी गर्ने कोरियासँग सामान्य ब्यवहार नगर्न आग्रह गरेको हो ।

अमेरिकी विदेशमन्त्री जोन केरीले चिनियाँ समकक्षीलाई फोन गरेर चीनको उत्तर कोरिया नीति सफल नरहेको बताएको रोयटर्सले जनाएको छ ।

Xi Jinping U.S. Secretary of State John Kerry

चीनको उत्तर कोरियाप्रतिको ब्यवहार बदलिनु पर्नेमा अमेरिकाले जोड दिएको छ ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि चीनको विदेशमन्त्रीसँग कुरा गर्ने जनाएको छ । चीन उत्तर कोरियाको मुख्य आर्थिक सहयोगी देश हो यद्यपी पछिल्लो समयमा २ देशबीचको सम्बन्धमा चिसोपन आएको छ ।

जवाफमा चिनियाँ विदेशमन्त्रालयले चीन कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणको पक्षमा रहेको भन्दै आफ्नो विदेशनीति सही रहेको बताएको छ ।

उता उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको दावी गरेपछि दक्षिण कोरियाले पनि उत्तर कोरियाविरुद्ध प्रचारवाजी अभियान थालेको छ । यस अघि सीमा क्षेत्रमा रोकिएको प्रचारवाजी दक्षिण कोरियाले पुनः थालेको हो ।

उत्तर कोरियाली शासकले पत्याएकी यी महिला को हुन् ? (तस्विर सहित)

दक्षिण कोरियाले शुरु गर्‍यो प्रोपोगाण्डा प्रसारण, आर्टिलरी पनि तयारी अवस्थामा

लाउड स्पिकिर सीमा क्षेत्रमा राखेर उत्तर कोरियाविरुद्ध प्रचारवाजी शुरु भएको समाचारमा जनाइएको छ । दक्षिण कोरियाले सेनालाई उच्च सतर्कतामा राख्दै आर्टिलरी पनि तयारी अवस्थामा राखेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।