२५ साउन, एजेन्सी ।

चीनले साइथ चाइना सीमा युद्ध भए लड्न तयार भएको संकेत दिएको छ । इन्टरनेशनल ट्राइब्युनल कोर्टले एकतर्फी फैसला गरेको भन्दै क्रुद्ध बनेको चीनले साउथ चाइना सीमा आइपरेको हरेक अवस्था सामना गर्न तयार रहेको संकेत दिएको हो ।

चीनबाट आएको संकेत प्रचण्डका लागि सुखद् !

चीनले साउथ चाइना सीमा आफ्ना युद्ध पोत र सैनिक तैनाथीमा पनि वृद्धी गरेको न्यूयोर्क टाइम्सले जनाएको छ । यसले चिनियाँ एयर फोर्स युद्ध लड्न तयारी अवस्थामा रहेको संकेत गरेको समेत उक्त पत्रिकाको दावी छ ।

China 70 anniversary of world war II (9)

चीनले समुद्री क्षेत्रको विवदास्पद इलाका फाइअरी क्रश, सुबी र मिसचिफ रिफ्समा युद्धपोत हाउजिङको निर्माण गरेको छ । यो स्प्रैट्ली द्वीपको अंग भएको अमेरिकाको भनाइ छ ।

प्रचण्डको ठाडो निर्देशनपछि साउदीबाट आयो यस्तो जवाफ

केही समय अघी मात्र चिनियाँ राष्ट्रपति शी जिनपिङले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका थिए । युद्ध जित्नका लागि सेना तयारी अवस्थामा रहनु पर्ने र थप मजबुद हुनु पर्ने उनको भनाइ छ ।

सेना स्थापना दिवसको अवसरमा बोल्दै यस्तो आदेश दिएका चिनियाँ राष्ट्रपतिले चीन को सँग युद्ध लड्दैछ भन्ने खुलाएका छैनन् । चिनियाँ पिपिल्स लिवरेसन आर्मी पिएलए संसारकै सबैभन्दा ठूलो सेना मानिन्छ । चिनिायँ सेनामा २३ लाख जवान रहेको विश्वास गरिन्छ ।

चीनले भारतलाई चेतावनी दिँदै भन्यो- अमेरिकी समर्थनको फुर्ती नगर

दक्षिणी चीन सागरमा बढिरहेको तनावप्रति लक्षित गर्दै चिनियाँ राष्ट्रपतिले यस्तो आदेश दिएको अनुमान गरिएको छ । चीन साउथ चाइना सीमा भारत, अमेरिका लगायतका देशले अनावश्यक चासो राखेको भन्दै क्रुद्ध छ ।

चीनले आफूलाई चारैतिरबाट घेरिरहेको आरोप भारतले लगाउने गरेको छ । सन् १९६२ को युद्धमा कश्मिरको अक्साइ चीनमाथि कब्जा जमाएको थियो । आरुणाचल प्रदेशमा चीन र भारत दुवैले दावी गर्दै आएका छन् ।

चीनले युद्ध जित्न सक्दैन- अमेरिका
अमेरिकाको संसदीय समितिले गरेको पछिल्लो अध्यनले चीनको सैनिक क्षमता कमजोर बन्दै गएको र चीनले भर्खरै कुनै युद्ध लड्न र जित्न नसक्ने निष्कर्ष निकालेको छ ।

चीनमा सैनिक प्रणाली निक्कै अत्याधुनिक हुँदै गएपनि युद्ध लड्ने र जित्ने अवस्थामा भने नरेहेको अमेरिकी समितिको निष्कर्ष छ ।