५ फागुृन, काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ६० लाख रुपैयाँ व ठग्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंक ब्यालेन्स देखाउनको लागि ६० लाख रुपैयाँ आफ्नो बैंक खातामा आएपछि सम्पर्कबिहीन भएका बागलुङका ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेका ३४ वर्षीय गणेश लामालाई प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनीहरुलाई आइतबार राति भक्तपुरको ठिमी एरियामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

उनका अनुसार पक्राउ परेका दुईजनाले नुवाकोट घर भएकी ३७ वर्षीया सानुमाया लामालाई रामचन्द्र कुँवरले अमेरिका जानको लागी बैक ब्यालेन्स् देखाउनु पर्ने भनी बिभिन्न प्रलोभनमा पारी प्राईम बैकका खातामा ६० लाख रुपैयाँ राख्न लगाएका थिए ।

प्रहरी उपरीक्षक सिंहका अनुसार उनीहरु रकम राखेको भोलिपल्ट प्राईम बैकको चावहिल, नयाँबानेश्वर, कोटेश्वर, सामाखुसी र ईमाडोल शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले अन्य ३ जना समेतवाट ७० लाख लिई ठगी गरेको खुल्न आएको छ ।