एजेन्सी । नाकाबन्दी खोल्नका लागि अरब देशहरुले राखेका माग पूरा गर्न ठिन हुने भन्दै अमेरिकाले कतारको अडानमा समर्थन जनाएको छ ।
अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले अरब देशले कतार समक्ष राखेका माग पूरा गर्न कठिन हुने बताएका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब देशहरुको भ्रमण गरेलगत्तै कतारमाथि नाकाबन्दी भएको थियो। साउदी अरब, इजिप्ट, बहराइन र युएईले कतारसमक्ष १० दिनभित्र इरानसँगको सम्बन्ध कम गर्न र टर्कीको सैन्य अड्डा बन्द गर्न माग राखेका थिए ।

कतारमाथि अरब देशहरुले नाकाबन्दी गर्दै आफ्नो देशका हवाई क्षेत्रसमेत प्रतिबन्ध लगाएपछि इरान र टर्कीले कतारलाई सहयोग गरिरहेका छन् । कतार सरकारको आर्थिक सहयोगमा सञ्चालित अलजजिरा न्यूज च्यानल पनि बन्द गर्न माग अरब देशहरुले माग गरेका छन् ।

कतारका विदेशमन्त्री शेख मोहम्मद अब्दुलरहमान अल थानीले अरब देशका १३ बुँदे माग पूरा गर्न नसकिने जवाफ दिइसकेका छन् ।
आतंकवादी खतरा न्यूनिकरण भन्दा पनि कतारको संप्रभूता र विदेश नीतिलाई बाहिरबाट चलाउने गरी प्रस्ताव आएको कतारको ठहर छ । अलजजिराले पनि आफूहरुको बोल्न पाउने स्वतन्त्रतामाथि आक्रमण भएको आरोप लगाएको छ ।