१२ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएी छन् ।

आज ट्विट गर्दै उनले शोकाकूल परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

‘हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेको छु’, ट्वीटमा भनिएको छ ।