२० साउन, कामठाडौं ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा पक्षधरले मात्र तत्काल सरकारमा सहभागिता जनाउने भएको छ ।

प्रचण्डले दिए आफू विरुद्ध नारा लगाउनेलाई छोड्न निर्देशन

रामचन्द्र पौडेल पक्षधरले मापदण्ड बनाएर सम्मानजनक रुपमा आफ्नो पक्षको समेत हैसियत खोजेपछि आज देउवा पक्षका तीन नेताले मन्त्रीका लागि सपथ लिने भएका हुन् ।

Prachanda PM Nomination 2

उपप्रधान र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै विमलेन्द्र निधि कांग्रेसको नेतृत्व गरेर सरकारमा सहभागी हुने निर्णय देउवाले गरेका हुन् । पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवी यादव र डा. शेखर कोइरालाको भने नाम काटिएको छ ।

आत्महत्या गर्ने चेतावनी सहित देउवाका नाममा पत्र

bimalendra nidhi

देउवा निकटका एक नेताका अनुसार पौडेलले असन्तुष्टी जनाएपछि तत्काललाई देउवा पक्षका नेताले मात्र सरकारमा सहभागिता जनाउने भएका हुन् । देउवा पक्षबाट कांग्रेसका सहभागी हुने निधीबाहेक रमेश लेखक मात्र निश्चित भएका छन् ।

अर्जुननरसिंह केसीले आफूले मागेको मन्त्रालयले नपाएको भन्दै असन्तुष्टी जनाएपछि उनी पनि आज सपथ खाने सूचीबाट बाहिरएको बुझिएको छ ।