२१ चैत, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले आफूले बेहोसीपूर्वक देश खारेज गर भन्ने नारा लगाएको स्पष्टीकरण दिएकी छिन् ।

पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गरी उनले असावधानीपूर्वक यस्तो बोलेको बताएकी हुन् । निर्वाचन आयोग घेराउका क्रममा उनले हिजो ‘यो देशलाई खारेज गर्’ भन्ने नारा लगाएपछि उनको ब्यापक आलोचना भइरहेको छ ।

‘घेराउका क्रममा प्रहरीसँग धकेलाधकेल भइरहेको थियो, झण्डै एक घण्टाको सकस र ठेलमठेलमा म अर्धमुर्छित जस्तै हुन पुगेछु । पत्रकार सम्मेलनमा यमीले भनिन्, अर्धचेत अवस्थामा बेहोसीपूवर्क मैले अन्यथा बोल्न पुगेछु, पछि साथीहरुले भनेपछि मात्रै थाहा पाए, अनि गल्ती महसुस गरेँ ।’

हेर्नुस् हिसिलाको प्रेस विज्ञप्ती