हेडलाइन्स वाच ।

३ पुस, काठमाडौं ।

सरकारले मंसिर १४ गते संसदमा संविधान संशोधन विधेयक दर्ता गरेयता एमाले लगायतका प्रतिपक्षी दलले पाँच पटकसम्म सरकारमाथि गम्भिर आरोप लगाएर संसद बैठक अवरोध गरिसकेका छन् ।

एउटा तस्विर राखेर सुजाताले गरिन् यस्तो घोषणा

संसद अवरुद्ध भएको १९ दिन वितिसकेको छ । संसदको अवरोध हटाउन सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेका शीर्ष नेताबीच पटक पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन । सत्तारुढ दलले संशोधन विधेयक अगाडि बढाउन दिनुपर्ने र प्रतिपक्षीले फिर्ता गर्नुपर्ने अडान नछाडेपछि संसद गतिरोध अन्त्यका विषयमा सहमति जुट्न सकेको छैन । अघिल्लो साता प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको बैठक सकारात्मक भएको र अव संसद खुलेर चुनावको दिशामा देश अघि बढेको भन्दै नेताहरु निस्किएका थिए । तर एक दिन पनि नवित्दै नेताहरुले बोली फेरेर सार्वजनिक जुहारी थालि हाले ।

madhesi-morcha-kp-oli

प्रतिपक्षी नेकपा एमालेले संसदमा जारी राखेको अवरोध हट्ने संकेत नदेखिएपछि सत्तारुढ दलहरु मधेशी दलहरुको साथ लिएर अघी बढ्ने मनस्थितिमा पुगेका छन् । शनिबार बालुवाटारमा बसेको सत्तारुढ प्रमुख २ दल तथा मधेशवादी दलहरुको बैठकबाट अव संसदमा दर्ता गरिएको संसोधन प्रस्ताव अघि बढाउने निर्णय भैसकेको छ । बैठकले पुस ४ गते (सोमबार) संविधान संशोधन प्रस्ताव संसदमा छलफलको लागि पेश गर्ने निर्णय गरिसकेको छ । कांग्रेस सभापति देउवाले पनि एमालेले अलोकतान्त्रिक व्यवहार देखाएकाले संविधान संशोधन प्रस्ताव जसरी पनि संसदमा पेश गर्ने बचन मधेसी मोर्चालाई दिएका थिए । मधेसी मोर्चाले पनि प्रस्तावको पक्षमा उभिने प्रतिबद्धता जनाएको छ ।

बैठकमा संविधान संसोधन विधयेकलाई संसदमा प्रस्तुत गर्ने र त्यसलाई फेस गरेर अघि बढ्ने सहमति भएको कुरा सुनाउँद मोर्चाका नेता शरद सिंह भण्डारीले उत्साहित देखिन्थे ।

morcha-congress-mao-meeting
संसोधन विधयेकमा सहमतिमा आउन नेकपा एमालेसँग निर्णायक छलफल गर्ने र नमाने संसदमा पेश गरेर अघि बढ्ने निर्णय भएको भण्डारीले बताए । बैठकमा मोर्चाका नेताहरुले चुनावको घोषणा गर्नेबारे सरकारको आधिकारिक धारणा मागेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन दिएपछि त्यसैका आधारमा नयाँ संरचनामा चुनावमा जाने बताएको मोर्चाका नेताहरुले बताएका छन् ।

प्रचण्डको च्याालेञ्ज

केही दिन यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगातार एउटा कुरा दोहोर्याइरहेका छन् । संविधान संसोधन पास भएपनि फेल भएपनि यो संसदबाटै छिनो फानो हुनु पर्छ । प्रचण्डले यस्तो च्यालेञ्ज दिनुको कारण हो उनलाई रहेको मधेशी मोर्चाको साथ ।

prachanda

प्रचण्डलाई थाहा छ- संसदमा संसोधन प्रस्ताव पुग्यो भने पारित भए राम्रै भो नभएपनि फरक पर्दैन । र पारित हुने सम्भावना पनि उत्तिकै छ । त्यसैकारण नै एमालेले यो संसोधन प्रस्तावलाई ‘राष्ट्रघाती र संसदमा प्रस्तुत हुन अयोग्य’को संज्ञा दिँदै आएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले बिराटनगरमा २ दिन अघी पोखरामै बोलेको कुरा दोहोर्याउँदै सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमाथिको छिनोफानो संसदबाटै हुने अडान दोहोर्‍याए । उनले संसदमा दर्ता भएको प्रस्तावलाई पारित गर्ने या परास्त गर्ने भन्ने विषय संसदको कुरा भएको भन्दै कोही कसैले गैर संसदीय र गैर लोकतान्त्रिक चरित्र प्रदर्शन गरेर संसद अवरुद्ध पार्नु नहुने स्पष्ट पारेका छन् । संविधान संशोधन प्रस्ताव, लोकमानसिंह कार्की विरुद्ध लागेको महाअभियोग प्रस्ताव तथा निर्वाचनको मिति तय गर्न सरकारले प्रमुख प्रतिपक्षसँग समेत सहमति गर्न चाहेको उनले दोहोर्‍याउँदै आएका छन् ।

अवको विकल्पः मार्शल लगाएर संसद चलाउने
सत्तात्तरुढ दल सहित मधेशी नेताहरुको बैठकमा प्रधानमन्त्री प्रचण्डले अव सोमबार देखि जसरी पनि संसदीय प्रक्रिया सुचारु हुने बताएको एक नेताले हेडलाइन्सलाई जानकारी दिए । स्पष्ट शब्दमा नभनेपनि उनले सोमबार देखि मार्शल नै लगाएर भएपनि संसद सुचारु गर्ने र संसोधन प्रस्ताव संसदमा दर्ता गर्ने मुडमा प्रचण्ड देखिएको उनले बताए ।

samsad-marshal

यसकै तयारी स्वरुप आइतबार सभामुख ओनसरी घर्तीले प्रमुख दलका ३ नेतासहितको बैठक बोलाएको समेत उनले खुलासा गरेका छन् । एमाले लगाएतका विपक्षी दलहरुले भने संसद र सडकमा आन्दोलन चर्काउने र संसोधन फिर्ता नलिए सम्म संसद चल्न नदिने निर्णय गरिसकेका छन् । दुवै पक्षको ढुंगे अडानका कारण अव संसदमा भिडन्तको अवस्था आउने संकेत देखिएको छ । संसद भित्र अप्रिय घटना हुन नदिन मर्यादा पालकको संख्या बढाउने तयारी भएको बुझिएको छ ।

यो पनि हेर्नुस् 
प्रचण्डमाथि ओलीको ब्यङ्ग्य- “आमै, आमै. . . यसो गर्छु र उसो गर्छु”
एमालेले जे भन्छ त्यही मान्नु पर्ने भन्दै जब प्रचण्ड जंगिए