२६ जेठ, फलेवास (पर्वत) ।

कृषि विकास मन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नेकपा (माओवादी केन्द्र) तयार रहेको बताएका छन् ।

आज बिहान पर्वतका सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले नेकपा (एमाले)सँगको सहमतिअनुसार अबको सरकारको नेतृत्व माअ‍ोवादीले गर्ने र अब बन्ने सरकार राष्ट्रिय सहमतिको हुने दाबी गरे ।

haribol gajurel1

उनले सरकारका बारेमा नेपाली काँग्रेस र एमाले पनि सकारात्मक भएकाले अब केही समयमै राष्ट्रिय सहमतिको सरकार निर्माण हुन्छ भने । मन्त्री गजुरेलले संविधानको सफल कार्यान्वयनका लागि पनि राष्ट्रिय सहमतिको सरकारको विकल्प नरहेको बताउँदै नेपाली काँग्रेस, एमाले वा माओवादी जुनसुकै दलको नेतृत्वमा भएपनि हुनुपर्ने बताए ।

भारत र अमेरिकाको सन्देश- चीनको दादागिरी चल्दैन

माओवादी केन्द्रका नेतासमेत रहेका गजुरेलले राष्ट्रिय सरकारको विषयमा सहमति भयो भने नेतृत्व लिन पनि तयार छौँ, छाड्न पनि तयार छौं भन्ने सकारात्मक भनाइ भएकाले राष्ट्रिय सहमतिको सरकार बन्ने निश्चित भइसकेको बताए ।

उनले मधेसवादी दलका समस्या वार्तामार्फत हल गरेर अबको २० महिनाभित्र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले बाँकी २० महिनाभित्र संविधानको कार्यान्वयन, स्थानीय निकायको निर्वाचन, प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने काम सम्पन्न गर्नका लागि पनि अब सबै दल एकै ठाउँमा उभिनुपर्ने बताए । दलहरु एकै ठाउँमा नहुँदा मुलुकले अग्रगति लिन नसकेको उनले दाबी गरे ।

अल इण्डिया रेडियोले प्रतिबन्ध लगाएको अम्बर गुरुङको त्यो गीत (भिडियो सहित)

नेपालका हरेक घटनाक्रम सहजरुपमा अगाढि बढ्न नसक्ने भएकाले जटिलता उत्पन्न हुने बताउँदै मुलुकको शक्ति विकेन्द्रित हुँदा समस्या भएको बताएयो । पटक पटक नेपालको राजनीतिमा परिवर्तन हुने तर जनताको जीवनस्तरमा परिवर्तन हुन नसक्दा निरासा पैदा हुने गरेको बताउँदै त्यसतर्फ अब राज्यका कामहरु केन्द्रित गरिने बताए ।

मन्त्री गजुरेलले सरकारले भर्खरै ल्याएको बजेट तथा नीतिमा कृषकलाई पेन्सन दिने व्यवस्था सकारात्मक भएको भन्दै अब कृषिमा निरासा जागेर पलायन हुनुपर्ने अवस्था नआउने दाबी गरे । उनले विदेशमा रहेका युवा नेपाल फर्काउन नसकेसम्म कृषिमा उल्लेख्य प्रगति गर्न नसकिने बताउँदै कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा जोड दिए । सरकारले पकेट क्षेत्रको विकास, कृषकलाई पेन्सनको व्यवस्था र जमिन बाँझो राख्नेलाई जरिवानाको नीति अवलम्बन गरेको छ यसले मुलुकलाई आत्मनिर्भरताको बाटोतर्फ लैजाने बताए ।

राजदूत रे’लाई देश निकाला गरौं जस्तो लागेको थियो, तर छाडिदिएँ : प्रधानमन्त्री ओली

मन्त्री गजुरेलले अहिलेको बजेट तथा नीति पूर्णरुपमा कार्यान्वयनमा आउन सके मुलुकमा ठूलो परिवर्तन आउने दाबी पनि गरे ।

अर्को प्रसङ्गमा मन्त्री गजुरेलले राष्ट्रसेवक कर्मचारीले १० दखि ४ बजेसम्म कार्यालयमा दिन खेरफाल्ने मात्र नभई जागिर सकिएपछि पछुतो हुने किसिमको व्यवहार नगर्न निर्देशन दिए । उनले जनताको सेवामा कुनै कसर बाँकी नराख्न कर्मचारीलाई आग्रह पनि गरेका छन् । रासस