nepali in sydney, nepalese in sydney

१८ मंसिर, एजेन्सी। 

लाखौ नेपाली बसोबास गर्ने मुलुक अष्ट्र्लिया यतिखेर भीषण आगलागीको चपेटमा परेको छ। मौसममा आएको परिवर्तनले  अष्ट्रेलियाको गर्मी मौसम निकै तातो र सकसपुर्ण हुने देखिएको छ। 

क्लाइमेट काउन्सिल अफ अष्ट्रेलियाले एक रिपोर्टमा जनाए अनुसार गएको ९० दिनमा मौसम समवन्धी २०६ वटा बढि रेकर्ड तोडिएका छन् जसमा  उच्च तापक्रम र न्युन वर्षा पनि समावेश छन्। 

रिपोर्टले अझ खराव समय आउन बाँकी रहेको उल्लेख गरेको छ। सिड्नी तथा मेलबर्न लगायतका मुख्य शहरमा गर्मीको याममा शताब्दीको अन्त्यसम्ममा ५० डिग्री सेन्टिग्रेड तापक्रम सामान्य हुने रिपोर्टमा उल्लेख छ। 

यसैगरि न्यु साउथ वेल्सको रिजनल सेन्टर सेन्ट्रेल वेस्टमा हिटवेभ, खडेरी तथा आगआगी बढ्ने रिपोर्टमा उल्लेख छ। 

यसैगरि  आगलागीका कारण फैलिएको धुवा धुलोले केही समय यता अष्ट्रेलियवासीको स्वास्थ्यमा नकारात्मक असन पर्दै आएको छ।