६ चैत, काठमाडौं ।

जारी विश्वकप क्रिकेटको तेश्रो क्वार्टर फाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६ विकेटले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले दिएको २१४ रनको लक्ष्य भारतले केवल ३३ दशमलव ५ ओभरमै ४ विकेट गुमाएर भेट्टायो ।

पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपनि अष्ट्रेलियाका जोस हेजलवुडले चार विकेट लिएर पाकिस्तानी ब्याटिङ लाईन ध्वस्त पारिदिए । पाकिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर केवल २ सय १३ रन जोड्न सफल भयो ।


australia vs pakistan

अष्ट्रेलियाको जितमा स्टीभ स्मिथले सर्वाधिक ६५ र शेन वाटसनले अविजित ६० रनको योगदान दिए । अभागी पाकिस्तानका खेलाडीहरुले महत्वपूर्ण २ ब्याट्सम्यानको क्याच ड्रप गरेपछि जित्ने खेल हारेको हो ।

पाकिस्तानले यो हारसँगै जारी विश्वकप बाट बाहिरिएको छ भने अष्ट्रेलिया सेमीफाइनलमा भारतसँग भिड्ने तय भएको छ ।

अष्ट्रेलियाका शुरुवातमै महत्वपूर्ण विकेट गुमाएपछि खेल पाकिस्तानको पक्षमा जाने अनुमान समेत गरिएको थियो । तर सेन वाट्सन र ग्लेन म्याक्सवेलले अष्ट्रेलियालाई सहजै सेमीफाइनलमा पुर्‍याए । म्याक्सवेलले २८ बलमा ४३ रन बनाएका कारण अष्ट्रेलियाले सहज जित हात पारेको हो ।