२९ भदाै, काठमाण्डाै ।

संविधानसभाले असोज ३ गते नेपालको नयाँ संविधान जारी हुने पक्का भएको छ । संविधानसभाको बैठकमा पहिलो ठूलो दल नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजि श्रेष्ठले ३ गते बेलुकी ५ बजे बस्ने बैठकले संविधानको एकीकृत मस्यौदा पारि गरी त्यही समारोहबाटै जारी गर्ने गरी राखेको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।

श्रेष्ठको प्रस्तावमा नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेर र एमाओवादीका प्रमुख सचेतक गिरीराजमणी पोख्रेलले समर्थन गरेका थिए ।

एकीकृत मस्यौदा पारित भएपछि कम्तीमा एक तिहाई सभासद्ले हस्ताक्षर गर्नु पर्ने प्राब्धान छ । तर संविधान जारी गर्ने प्रस्तावको विपक्षमा कुनै मत नपरेपछि कन्तिमा पनि ५ सय ४१ सभासद्ले हस्ताक्षर गर्नेछन् ।

यसरी पारित भएको संविधानलाई सभाध्यक्षले प्रमाणिकरण गरेपछि त्यसैदिन राष्ट्र प्रमुख राष्ट्रपतिले जारी भएको घोषणा गर्नेछन् ।