२ असोज, काठमाडौं ।

नयाँ संविधान जारी भएको उपलक्ष्यमा नेपाली काँग्रेस, नेकपा (एमाले) तथा एकीकृत नेकपा (माओवादी)द्वारा संयुक्तरुपमा यही असोज ४ गतेका दिन अपराह्न १ बजे सहिद मञ्चमा विशेष खुशीयालीसभा आयोजनागर्ने भएका छन् ।

राष्ट्रपति डा रामवरण यादवद्वारा भोलि अपरान्ह ५ बजे नयाँ संविधान जारी भएको घोषणा गर्ने कार्यक्रम रहेको छ । सो आमसभालाई ती दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेकाका महामन्त्री कृष्ण सिटौलाले जानकारी दिए ।

Prachanda sushil kp press meet

उनले सो सभामा सहभागीताको लागि आम नागरिकलाई आह्वान गरे । सो सभामा संविधानका विशेषताका बारेमा नेकाका सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी ओली तथा नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले साझा धारणा राख्नेछन् ।

ती तीनदलले छुट्टा छुट्टै विज्ञप्ति मार्फत संविधान जारी भएपछि दिपावली गर्न र खुशीयालीका कार्यक्रम गर्न आग्रह गरिसकेका छन् ।