१९ पुस, सिड्नी । १४ वर्षीया अस्ट्रेलियन किशोरीलाई यौनप्रस्ताव राखेको अभियोगमा एक नेपाली युवक सिड्नीबाट पक्राउ परेका छन् ।

किशोरीलाई भेट्ने र शारीरिक सम्बन्ध राख्ने योजना बनाइरहेका नेपाली युवक सन्देश पाठकलाई न्यूसाउथवेल्स प्रहरीले बिहीबार पक्राउ गरेको हो । पाठकको नेपालमा घर कुन ठाउँ हो भन्नेबारेमा प्रहरीले खुलाएको छैन ।

गत नोभेम्बरदेखि प्रहरीले सन्देशको गतिविधि निगरानी गरिरहेको थियो । उनले अनलाइन च्याटमार्फत किशोरीलाई यस्तो प्रस्ताव राखेका थिए । सन्देशलाई प्रहरीले उनकै कोठाबाट पक्राउ गरेको हो ।

उनको साथबाट एकथान ल्यापटप, एउटा फोन लगायत अन्य सामाग्रीहरु बरामद गरिएको प्रहरीले जनाएको छ । अस्ट्रेलियामा १६ वर्षभन्दा मुनिको यौन गतिविधिलाई अपराध मानिन्छ ।