१९ पुस, काठमाडौं । अस्ट्रेलियामा दुईजना नेपालीको मृत्यु भएको छ । सिड्नीस्थित उत्तरमा रहेको बेरोरा वाटर्समा शुक्रवार बेलुकी दुई नेपालीको डुबेर मृत्यु भएको हो ।

बेलुकी सात बजे तीनजना पानीमा बेपत्ता भएको खबर पाएपछि उनीहरुको खोजी गरिएको थियो । दुई जनाको शव प्रहरीले रातको साढे एघार बजे भेट्टाएको थियो ।

मृत्यु हुने दुईजना नेपाली युवा रहेता पनि उनीहरुको परिचय भने अनुसन्धानपछि खुलाइने न्यूसाउनवेल्स प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।