२ असोज, काठमाडौं । गायक प्रमोद खरेल अस्ट्रेलिया भ्रमणमा निस्किएका छन् । बिहीबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनी अस्ट्रेलियाका विभिन्न शहरमा हुने सांगीतिक एवं सांस्कृतिक कार्यक्रमको लागि त्यसतर्फ जान लागेका हुन् । उनी यसअघि इजरायलमा थिए ।

भ्वाइस अफ नेपालका कोचसमेत रहेका प्रमोदले यहाँ ब्याटल राउण्डको सुटिङ सकेर त्यसतर्फ गएको बुझिएको छ ।

उनको अस्ट्रेलिया बसाई कति दिनको भनी एकिन नभएपनि धेरै लामे समयको नरहेको उनीनिकट व्यक्तिहरुको भनाई छ ।