२ फागुन, पाल्पा । जिल्ला अस्पताल पाल्पाको औषधी खरिद सम्बन्धी टेण्डरको विषयलाई लिएर केही ठेकेदारहरुबीच कुटाकुट भएको छ ।

शुक्रबार बिहान १० बजे टेण्डर हाल्न गएका व्यवसायीहरुलाई रोक्ने क्रममा एक आपसमा कुरा नमिल्दा कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कुटाकुटबाट १ जना व्यवसायी घाइते भएका छन् ।

कुट्ने व्यवसायी फरार भएको र प्रहरीले उनलाई खोजिरहेको छ । प्रहरीका अनुसार घाइते व्यवसायीको प्राथमिक उपचार भएको छ । सो घटनामा संलग्न को–को हुन ? यस विषयमा प्रहरीले खुलासा गरेको छैन । अहिले तानसेनका ठाउँ–ठाउँमा प्रहरी सक्रिय भएर गस्ति गरिरहेका छन् ।