३ मंसिर, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ।

अस्पतालले पत्रकार सम्मेलन गर्दै भनेको छ- प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । शरीरका कुनै पनि अंगले काम गरेको थिएन । उनको शरीरमा जीवनको कुनै संकेत थिएन। शरीर चिसो थियो। उनको आँखाको नानी खुलिसकेको थियो। चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए। प्रकाशलाई बिहान साढे ५ बजे उनका दुई सहयोगीले अस्पताल ल्याइपुर्‍याएको अस्पतालले जनाएको छ ।

प्रकाश दाहालको शवलाई अन्तिम श्रद्धान्जलीको लागि १ बजे पार्टी कार्यलयमा राखिने बताइएको छ । त्यस्तै दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।