१८ जेठ, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवाद सम्वन्धी मुद्दामा आजपनि फैसला हुन सकेन ।

सर्वोच्च अदालते बहस नसकिएका कारण यो मुद्धा हेर्दाहेर्दैमा राखेको छ । यस मुद्दामाथि अर्को बहस आगामी असार १ गते हुनेछ ।

पछिल्लो एक महिनादेखि ५ पटक दैनिक तथा साप्ताहिक पेसी सूचीबाट स्थगित भएको मुद्दाको सुनुवाइका लागि न्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा ७ सदस्यीय पूर्ण इजलास गठन गरिएको छ ।

सरकारले प्रकाश अर्याललाई आईजीपी बनाएपछि डीआईजी नवराज सिलवाल अदालत गएका थिए ।