कुशल श्रेष्ठ

आइफोनको एउटै झञ्झट भनेको आइट्यून्स र डाटा केबुल बिना न गीत राख्न मिल्ने, न फोटो राख्न मिल्ने, न त मोबाइलमा भएका फोन नम्बरहरू कम्प्यूटरमा सार्न मिल्ने! फेरि आइफोनमा File Manager को सुविधा नभएकोले गर्दा पनि प्रयोगकर्ताहरू आइफोन चलाउन त्यति रुचाउँदैनन्।

तथापी, यसको पनि आफ्नै फाइदा छ। एप्पल कम्पनीले प्रयोगकर्ताका डाटाहरूको सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर नै यस्तो सुविधा ल्याएको हो। कम्पनीले हरेक प्रयोगकर्तालाई आफ्नै iCloud अकाउण्ट बनाउन सुझाव दिन्छ, जहाँ उसले आफ्ना गोप्य डाटाहरूलाई सुरक्षित तरिकाले राख्न पाउँछन्। यसैको लागि एप्पलले ५ जिबीको स्टोरेज पनि निःशुल्क प्रदान गर्दछ। हुन त ५ जिबी भनेको आजभोलीको जमानामा त्यति धेरै होइन, तर गोप्य फाइलहरूको सुरक्षाको लागि यतिले भएपनि सन्तोष मान्नुपर्ने हुन्छ। यदि कसैले आफ्नो आइक्लाउडको स्टोरेज बढाउन चाहन्छ भने पनि पाउँछ, तर उसले त्यसको लागि पैसा तिर्नुपर्ने हुन्छ।

(आइफोन हराएपछि कसैलाई चलाउनै नदिन यसो गर्न सकिन्छ…)

iCloud को यो फिचर असाध्यै प्रयोगशाली छ। iCloud फिचरकै प्रयोग गरेर आइट्यून्स र डाटा केबुल बिना नै मोबाइलका फोटो, फोन नम्बर, मेल, नोट लगायत अन्य डाटाहरूलाई कम्प्यूटरबाट हेर्न सकिन्छ। त्यसको लागि:-

  • यो सुविधाको उपभोग गर्नको लागि, सर्वप्रथम तपाईँलाई आफ्नै एप्पल आइडीको जरुरत पर्दछ।
  • त्यसपछि, Settings मा जानुहोस् र iCloud भित्र गई त्यहाँ आफ्नो एप्पल आइडी र पासवर्ड राखेर Sign In गर्नुहोस्।

How To View iPhone Data From Computer1

  • अब, तपाईँको iCloud अकाउण्टमा कुन-कुन डाटाहरू राख्न चाहनुहुन्छ, छान्नुहोस्। उदाहरणको लागि, यदि फोटोलाई iCloud मा राख्न चाहनुहुन्छ भनेर Photos भित्र जानुहोस्।
  • त्यहाँ ३ वटा विकल्पहरू देख्नुहुनेछ:- iCloud Photo Library, My Photo StreamiCloud Photo Sharing
  • iCloud Photo Library लाई On गर्दा, तपाईँको डिभाइसमा भएका सम्पूर्ण फोटो तथा भिडियोहरू तपाईँको iCloud अकाउण्टमा अपलोड हुन्छ।
  • My Photo Stream लाई On गर्दा, तपाईँको डिभाइसबाट खिचिएका नयाँ फोटो तथा भिडियोहरू वाईफाईसँग जोडिएको बेलामा तपाईँकै एप्पल आइडी राखेका अन्य डिभाइसहरूमा पनि देखिन्छ।
  • iCloud Photo Sharing लाई On गर्दा, तपाईँका अन्य साथीहरूसँग (आइफोन चलाउने) तपाईँको फोटो एल्बम सेयर गर्न अनि साथीको फोटो एल्बम पनि हेर्न सक्नुहुन्छ।

How To View iPhone Data From Computer2

  • यदि तपाईँ आफ्नो डिभाइसमा भएका सम्पूर्ण फोटो तथा भिडियोहरू कम्प्यूटरमार्फत हेर्न चाहनुहुन्छ भने iCloud Photo Library लाई मात्र On गर्नुहोस्।
  • Photos लगायत अन्य कुन डाटाहरू कम्प्यूटरमार्फत हेर्न चाहनुहुन्छ, त्यसलाई On गर्नुहोस्।
  • यति गरिसकेपछि मोबाइलमा गर्नुपर्ने तपाईँको काम सिद्धियो। अब कम्प्यूटर खोल्नुहोस् र www.icloud.com मा जानुहोस्। अथवा यहाँ क्लिक गर्नुहोस्

iCloud Home Page

  • र तपाईँको एप्पल डिभाइसमा राख्नुभएकै एप्पल आइडी र पासवर्ड राखेर Sign In गर्नुहोस्।

iCloud User Page

  • अब तपाईँले त्यहाँबाट आइफोन तथा आइप्याड भएका डाटाहरूलाई हेर्न सक्नुहुनेछ।
यो पनि हेर्नुहोस्-
नयाँ आइफोन-एसई मा नभएको सबैभन्दा महत्वपूर्ण फिचर…
के-के सुविधा तथा विशेषता छन् आइफोन ५-एसई मा, हेर्नुहोस्…
आइफोनलाई पानीमा डुबाउँदा के हुन्छ? हेर्नुहोस् भिडियो
‘आइफोनमा एप बन्द गरेर चार्ज ढिलो सिद्धिने होइन’
आइफोन र एण्ड्रोइडबाट नेपाली टाइप गर्न चाहनुहुन्छ?
आइफोन छिटो बनाउने सजिला १० विधि