काठमाडौं, २४ जेठ । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने भएकाले सरकारले काठमाडौं उपत्यकामा विदा दिएको हो ।

रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिन्छ। जसअन्तर्गत जेठ २६ गते आइतबार राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइने गरिन्छ।