काठमाडौं, ७ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किँग्स इलाभेन पञ्जावविरुद्ध जारी खेलमा दिल्ली क्यापिटल्सका लागि सन्दिप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।
आफ्नो तेस्रो ओभरमा उनले क्रिस गेल र साम कुरानलाई आउट गरेका हुन् । गेल ६९ र कुरान शून्य रनमा आउट भएका हुन् । गेललाई अक्षर पटेलमार्फत् क्याच गराए भने कुरानलको बल सन्दिप आफैले क्याच गरेका हुन् ।