काठमाडौं, २ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा अहिले मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिडिरहेका छन् ।

मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि बैंगलोरले पहिला ब्याङि गरिरहेको छ । समाचार तयार पार्दासम्म पहिलो विकेटका रुपमा कप्तान बिराट कोहली आउट भएका छन् । ९ बल सामना गरेका कोहलीले एक चौकासहित जम्मा ८ रन बनाए । जारी सिजनको पहिलो भेटमा पनि बैंगलोर मुम्बइसँग ६ रनले पराजित भएको थियो ।

अहिलेसम्म खेलेका ७ मध्ये ४ खेल जितेर ८ अंकसहित मुम्बई अंकतालिकाको चौथो स्थानमा छ । लगातार ६ खेल हारेर सातौं खेल जितेको बैंगलोर २ अंकसहित तालिकाको पुच्छारमा छ ।