काठमाडौं, ११ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स इलाभेन पञ्जाब भिड्दैछन् ।

दुई टिमको खेल एम चिन्नास्वामी स्टेडियममा बेलुकी सवा ८ बजे हुनेछ । दुई टिम जारी सिजनमा दोस्रो पटक भिड्न लागेका हुन् । पहिलो भेटमा बैंगलोरले पञ्जावलाई ८ विकेटले पराजित गरेको थियो ।

घरेलु मैदानमा बैंगलोर चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैँछ । लिगको पुछारमा रहेको बैंगलोरको १० खेलबाट ६ अंक मात्रै रहेको छ । यस सिजन खराब लयबाट गुज्रिरहेको बिराट कोहली नेतृत्वको बैंगलोर पञ्जाबलाई हराउँदै प्लेअफ पुग्ने संभावना जिवित राख्न चाहन्छ ।

आइपीएलमा दुइ टिमबीच अहिलेसम्म २३ खेल भएका छन् । जसमध्ये १२ खेल बैंगलोरले जितेको छ भने ११ खेलमा पञ्जावले बाजी मारेको छ । पन्जाब भने आज घरेलु टोलीसंग अघिल्लो हारको बदला लिने योजनासहित मैदान उत्रनेछ । बैंगलोर पन्जाबलाई हराएर प्ले अफ सम्भावना जीवित राख्न चाहन्छ । पाँचौं स्थानको पन्जाबले १० खेलबाट १० अंक जोडेको छ ।