काठमाडौं, ५ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज बिहीबार सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र मुम्बइ इण्डियन्स भिड्दैछन् ।

फिरोज साह कोट्ला मैदान दिल्लीमा मुम्बइले टस जितेर ब्याटिङ रोजेपछि घरेलु टोली दिल्लीले बलिङ गर्नेछ । दिल्लीको टिममा लगातार तेस्रो पटक नेपाली बलर सन्दिप लामिछने भने अटाएनन् ।
टिमले आज नवौं खेल खेल्न लाग्दा सन्दिपले जम्मा चार खेल मात्रै खेल्ने अवसर पाएका छन् ।